
काठमाडौं, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेर बोलाएपछि नेकपाका सचिवालय सदस्य बामदेव गौतम बुधबार दिउँसो सिंगापुर जाने भएका छन् ।
मंगलबार नेकपा महासचिव विष्णु पौडेल नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए ।
पौडेलसँग भेट भएपछि ओलीले गौतम नआउनुको कारण सोध्दै टेलिफोन गरेर बोलाएका थिए । गौतम बुधबार सिंगापुर जाने तय भइसकेको उनका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिएका छन् । सिंगापुरमा प्रधानमन्त्री ओलीलाई भेटेपछि गौतमले पार्टीका विषयमा सल्लाह गर्नुका साथै स्वास्थ्य अवस्थाबारे बुझ्नेछन् ।
प्रधानमन्त्री ओलीको बुधबार उपचार हुने जनाइएको छ । यसपछि उनी शुक्रबार स्वदेश फिर्ता हुने बताइएको थियो । दुई दिनभित्रै नेपाल फर्किने प्रधानमन्त्रीले गौतमलाई सिंगापुर बोलाउनुको विषयलाई भने चासोका साथ हेरिएको छ ।












प्रतिक्रिया