बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

चीन र पाक सिमानामा राख्न भारतले ल्यायाे अपाचे

दैनिक नेपाल २०७६ भदौ १८ गते ८:१२

काठमाडौं, १८ भदाै । अपाचे रहेको १४ औं देश भएपछि भारतीय सेनामा उत्साह देखिएको छ । अमेरिकासँग गरिएको खरिद सम्झौता अन्तर्गत पहिलो खेपको आठ वटा अपाचेलाई भारतीय वायुसेनाले आफूमा सामेल गरेको छ ।

भारतीय वायुसेनामा सामेल गरिएको ८ अपाचेलाई आधा पाकिस्तानको सीमा क्षेत्र र आधा चीनको सीमा क्षेत्रमा राखिएको भारतीय सेनाले जनाएको छ ।

सन् १९९१मा इराक आक्रमणमा प्रयोग गरेको अपाचेलाई अमेरिकाले अफगानिस्तानमा तालिवानी आतंककारीहरुमाथि कार्वाहीमा समेत प्रयोग गरेको थियो ।

१८ हजार फिट माथिसम्म गएर आक्रमण गर्न सक्ने अपाचेले २५६ मुभिङ टार्गेटलाई निशाना बनाउन सक्छ। अपाचेलाई उडने ट्याङकको रुपमा समेत चिनिन्छ ।

दिन र रातमा मात्र नभइ जुनसुकै मौसममा समेत दुबैमा उडान भर्न सक्ने अपाचे आकाशबाट जमिनमा र आकाशबाट र आकाशमै मार हान्न सक्नेगरि समेत बनाइएको छ ।

यहि अपाचेले उडानकै समयमै १२ सय राउण्ड गोली प्रहार गर्न सक्छ। रक्षा विशेषज्ञहरुका अनुसार ६४ वटा ट्याङकलाई प्रहार गर्न सक्ने क्षमता समेत अपाचेले राख्छ ।

अमेरिकाबाट ३ पटकमा गरि २२ वटा अपाचे हेलिक्पटर भारतीय वायुसेनालाई उपलव्ध गराईने बताइएको छ ।

पाकिस्तानसँग वढदो तनावका बीच भारतीय वायुसेनामा अपाचेको तैनाथीले भारतीय सेनामा मनोवल उच्च भएको रक्षा विशेषज्ञहरु बताउँछन् ।

पहिलो खेपमा भारत आएका अपाचे पाकिस्तानबाट २५ किलोमिटर मात्र टाढा रहेको पंजावको पठानकोट एयर वेसमा स्ट्यान्डवाई राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित