१५ कार्तिक २०८३, आइतबार

राष्ट्रिय परिचयपत्र विभागद्धारा २ हजार कर्मचारी माग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदाै । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग झण्डै २ हजारको संख्यामा कर्मचारी भर्नाको लागि आह्वान गरेको छ ।

विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत १ हजार ९ सय८९ को संख्यामा कर्मचारी माग गरेको हो ।

विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि दरखास्त आह्वान गरेको हो ।

जसमध्ये एमआईएस अपरेटर ९९४ र ९९५ फिल्ड सहायक माग गरिएको छ ।

एम.आईं.एस. अपरेटरका लागि उच्च माध्यामिक शिक्षा वा सो सरहको परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ भने फिल्ड सहायकका लागि एसईई वा सो सरह उतीर्ण गरेको हुनुपर्ने विभागले जनाएको छ ।