काठमाडौं, १८ भदाै । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) ले संबिधान जारी भएको दिन (३ असोज) मा बिरोध दिवसको रुपमा मनाउँने निर्णय गरेको छ ।
सरकारले संबिधान जारी भएको दिन (३ असोज) मा संबिधान दिवस मनाउँने तयारी गरिरहेको छ ।
राजपाले उठाउँदै आएको मुद्धा संशोधन गरेर माग सम्बोधन नभएकाले सो दिन बिरोध दिवसकै रुपमा मनाउँने निर्णय भएको छ । राजप नेपालको मंगलबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले देशैभरी बिरोध दिवसको रुपमा मनाउँने निर्णय गरेको हो ।
राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले ३ असोजलाई बिरोध दिवसको रुपमा मनाउँदै आएकोमा सो कार्यलाई निरन्तरता दिने निर्णय भएको बताए । तर कार्यक्रमको स्वरुप कस्तो हुने र के के हुने भन्ने बारेमा पार्टीले सार्वजनिक गरेको छैन् ।












प्रतिक्रिया