१५ कार्तिक २०८३, आइतबार

राप्रपाको स्वाभिमान यात्रा स्थगित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तेस्रो चरणको स्वाभिमान यात्रा अन्तर्गत तेस्रो चरणको कार्यक्रम हाललाई स्थगित भएको छ ।

वर्षाका कारण राजमार्गमा अवरोध देखिएको र साना, ठूला यातायातका साधनहरु सहज ढंगबाट आवागमन गर्न असहज भएको हुँदा कार्यक्रम हाललाई स्थगित गरिएको प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाले आगामी भाद्र २३ गते देखि २५ गतेसम्म सिन्धुलीबाट शुभारम्भ भई काभ्रेपलाञ्चोकमा समापन हुने गरी तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा तय गरेको थियो ।