४ कार्तिक २०८३, बुधबार

नबिल बैंकले ल्यायो सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । नबिल बैंकले सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । बैंकले आफ्ना व्यक्तिगत बचत खाताका ग्राहकलाई १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको हो ।

यो योजना भदौ १५ देखि लागू हुनेगरि नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिृकत अनिल खनाल र एनएलजी बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लब पन्तबीच सम्झौता भएको छ ।

यस योजना अन्तर्गत, दैनिक मौज्दात पाँच हजार रुपैयाँ वा त्यो भन्दा बढि राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई दश लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा गरिएको छ । यस योजनाअन्तर्गत बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ दश लाख रुपैयाँ बीमा रकम प्रदान गरिनेछ ।

योजनाअन्तर्गत आफ्नो नेपाली मुद्रा खातामा न्यूनतम पाँच हजार रुपैयाँ मौजदात राख्ने सम्पूर्ण बचत खातावालाहरुको बीमा स्वत : रुपमा १५ भदौदेखि भैसकेको छ । साथै यो योजनामा सामेल भैरहन बचतकर्ताले सधंै पाँच हजार वा बढि मौज्दात कायम राख्नुपर्नेछ ।

त्यसैगरी पाँच हजार वा बढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधंै उक्त मौजदात कायम राखी यस योजनामा सामेल हुन सक्नेछन् ।

नया“ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली पाँच हजार रुपैयाँ वा बढिको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामेल हुन सकिनेछ ।

यस योजनामा सामेल हुन कुनै उमेर हद नभएतापनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यर्होर्नपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामेल हु“दा लाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ ।

यस योजना सम्बन्धी सम्पूर्ण जानकारी बैंकको वेभसाइट www.nabilbank.com वा नजिकैको नबिल बैंकको कुनैपनि शाखा कार्यालय वा फोन  १६६००१६२२४५ बाट प्राप्त गर्न सकिनेछ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ७९ शाखा, १४० एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथै, बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।

बैंकले विगत देखि नै आफ्ना ग्राहकहरुलाई व्यक्तिगत बचत खातामा १३ घातक रोगहरुको बीमा सुविधा प्रदान गर्दै आएको छ ।