शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

के गर्दैछिन् श्रृङ्खला ?

दैनिक नेपाल २०७६ भदौ १७ गते १२:५२

काठमाडौं । प्राय मिस नेपाल भएपछि फिल्म क्षेत्रमा आउँछन् युवती । विश्व सुन्दरीको बलियो स्पर्धामा पुगेर श्रृङ्खला खतिवडाले एउटा रेकर्ड कायम गरेकी थिइन् । तर, उनलाई फिल्म क्षेत्रमा आउन मन छैन ।

घुम्नफिर्न र समाजसेवामा नै आफूलाई समर्पित गर्न चाहने खतिवडा अहिले भने फ्रान्सेली दूतावासका लागि केही काम गरिरहेकी छन् । उनी गुडवील एम्बेस्डरका रुपमा अनुबन्धित रहेका कारण त्यसैमा व्यस्त छिन् ।

इन्जिनियरिङमा दख्खल राख्ने खतिवडालाई गुडवील एम्बेस्डरमा राख्नुको कारणहरू पनि विविध रहेको दूतावासले जनाएको छ । कुटनीति र विज्ञको सम्बन्ध स्थापित गराउनका लागि उनलाई अनुबन्धन गरिएको जनाइएको छ ।

युवाहरूबीच चर्चित हुनु, युवा इन्जिनियर, सामाजिक मानविय काममा सक्रिय, पारिवारिक हिसाबले पनि नेपाल र नेपालीका लागि केही गर्ने इच्छा भएका कारण उनलाई सद्भावना दूतका रुपमा अनुबन्धन गरिएको हो ।

सद्भावनादूत भएका कारण उनले नागरिक समाज र नयाँ पुस्ताको आवाज बोल्नुपर्ने, शिक्षित नेपाल, शिक्षित समुदाय र महिलाको मौकाका विषयमा खतिवडाले आवाज उठाउनुपर्ने हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित