१५ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव पौडेल आज सिंगापुर जाँदै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेल आज मंगलबार सिंगापुर प्रस्थान गर्दैछन् ।

सिंगापुरमा उपचाररत नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न महासचिव पौडेल दिउँसो १ बजे सिंगापुर प्रस्थान गर्ने नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

महासचिव पाैडेल प्रधानमन्त्री ओलीलाई  लिएरै आउने सम्भावना रहेको उनले बताए । गत ५ गते सिंगापुर पुगेर त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्लाज्मा फेरिसस पक्रियाबाट उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार भोलि  सकिँदैछ।

अहिले प्रधानमन्त्रीसँगै उनका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, पत्नी राधिका शाक्य, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य र डाक्टर दिलिप शर्मा सिंगापुरमै छन्।