सिमकोट, १७ भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले पूर्णता पाएको दुई महिनापछि स्थानीयस्तरका पार्टी संरचनाले पूर्णता पाएको छ ।
नेकपा कर्णाली प्रदेश किमिटीमा हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको बैठकले सचिवालय, गाउँ कमिटी, वडा, विभाग प्रादेशिक निर्वाचन कमिटीलाई पूर्णता दिँदै बैठक सम्पन्न भएको हो ।
पार्टीद्धारा आयोजित पत्रकार सम्मेलन गर्दै उक्त पार्टीका अध्यक्ष लालकेश जैशीले ४५ सदस्यीय सचिवालयमा २३ जना पूर्व माओवादी केन्द्र र २२ जना पूर्व एमालेबाट सदस्यहरू लिने निर्णय गरिएको जानकारी गरिएको थियो ।
त्यसैगरी सातवटा गाउँपालिका मध्ये पूर्व माओवादीलाई चारवटा र पूर्व एमालेलाई तीनवटा गाउँपालिका दिएर पूर्णता प्रदान गरिएको छ ।
गाउँपालिकाका इन्चार्जहरुमा प्रदेश कमिटिका सदस्यहरुलाई जिल्लामा लगाइएको छ भने दुईदेखि तीनजनासम्म सहइन्चार्ज पनि राखिएको छ ।
सातवटा गाउँपालिकाका ४४ वटा वडा मध्य २२ वटा पूर्व माओवादी र २२ वटा पूर्व एमालेलाई जिल्ला लगाउने निर्णय गरिएको छ ।












प्रतिक्रिया