४ कार्तिक २०८३, बुधबार

सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्गबीच सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १७ भदाै । सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्गबीच व्यबसायिक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा द हबि अटो ट्रेडिङ्गका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङ्गबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङ्गको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशतसम्म कर्जा सुबिधा प्रदान गर्नेछ ।

हालसम्म बैंकको ९६ शाखाहरू माफर्त सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।