मुम्बइ । बलिउड अभिनेता प्रभास खेलेकाे एक्सन थ्रिलर फिल्म ‘साहो’ले रिलिजको पहिलो विश्वव्यापीरूपमा १३० करोड भारूको कमाइ गरेको छ ।
हिन्दी, तमिल, तेलेगु तथा मलयालम गरी सात भाषामा १० हजार पर्दामा एकसाथ रिलिज भएको फिल्मले पहिलो दिन यो कमाइ गरेको हो ।
फिल्मले हिन्दी संस्करणमा २४.४० करोड भारू कमाइ गरेको जनाइएकाे छ ।
यो कमाइसँगै साहाेले हिन्दी भाषामा यस वर्ष सर्वाधिक पहिलो दिनको कमाइ गर्ने तेश्रो फिल्म बनेको छ ।
रिलिजका दिन सलमान खानको ‘भारत’ले ४२.३० करोड कमाएको थियो । अभिनेता अक्षय कुमारको ‘मिशन मंगल’ २९.१६ करोड भारू कमाएको थियो ।
सुजिथ निर्देशित सिनेमा प्रभासका अलावा ज्याकी श्राफ, श्रद्धा कपुर, निल नितिन मुकेश आदिको मुख्य अभिनय रहेको छ ।
















प्रतिक्रिया