४ कार्तिक २०८३, बुधबार

दसैँमा आइएमईको यस्तो अफर : पठाएको रकमको आठ गुणासम्म जित्न सकिने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ भदौ । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ ।

आज भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म (सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९ सम्म ) कायम हुनेगरि ७७ दिनका लागि सेवाग्राहीमुखी अफर आज काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

अफर सार्वजनिक कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आम सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढ्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, आइएमईका ब्राण्ड एम्बासडर दीपक राज गिरिले आइएमई र आइएमईका सेवाग्राहीहरूबीचको प्रगाढ सम्बन्धले नै आइएमईलाई एक सफल व्यवसायीक ब्राण्ड बनाएको उल्लेख गर्दै यो दसैँमा आइएमईले ल्याएको खुसीलाई डबलको डबलको डबल गरौँ स्कीम त्यो सम्बन्धलाई थप प्रगाढ बनाउन सफल हुने विश्वास व्यक्त गरे ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरू स्वतः सहभागी बन्नेछन् । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनेछैनन् ।

सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ ।

योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल पेज, आमसंचार माध्यम, सहकार्यमा रहेका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।

आफ्नो स्थापना देखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १९औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।