
काठमाडौँ, १३ भदौ । सत्तारूढ दल नेकपा निकट विध्यार्थी संगठन अनेरास्ववियूले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ ।
एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १ सय ८० जना र साविक माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी ) बाट १ सय ५५ जना रहनेछन् ।
यसैगरी, एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम All Nepal National lndependent Students’ Union रहने पनि निर्णय भएको छ। अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने जनाइएको छ ।
आज विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल, संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ सहितको औपचारिक वैठकले विभिन्न तीन उपसमिति समेत बनाएको छ ।
आजको वैठकले एकताको केन्द्रीय समितिको पहिलो बैठक भाद्र ३१ र असोज १ गते बस्ने निर्णय समेत गरेको साविक अखिलका सचिव आरसी लामिछानेले जानकारी दिए ।
उनका अनुसार निम्नानुसारका उपसमिति बनाइएको छ :
राजनीतिक/ सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति
संयोजक – ऐन महर
सदस्य – सुरेन्द्र बस्नेत
सदस्य – पञ्चा सिंह
विधान मस्यौदा उपसमिति
संयोजक – रञ्जित तामाङ
सदस्य -सुनिता वराल
सदस्य – समिक वडाल
आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमिति
संयोजक – उत्तम अधिकारी
सदस्य -आरसि लामिछाने
सदस्य -झपिन्द्र खत्री
सदस्य – केशव रावल











प्रतिक्रिया