४ कार्तिक २०८३, बुधबार

म्युजिक भिडियोमा नयाँ र फरक दिनैपर्छः निर्देशक पाण्डे

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म निर्देशक देबेन्द्र पाण्डे राम्रा नृत्य निर्देशक पनि हुन् । उनले डकुमेन्ट्रीहरू पनि बनाउने गर्छन् ।

म्युजिक भिडियोमा पनि उनको उत्तिकै रुचि छ । पाण्डेले थुप्रै म्युजिक भिडियोहरूमा निर्देशन गरेका छन् । राप्ती समाजले आयोजना गर्न लागेको म्युजिक अवार्डमा पाण्डेले निर्देशन गरेको एउटा गीत टप फाइभमा पनि परेको छ ।

पाण्डेद्वारा निर्देशन गरिएको फिल्म ‘भिलेन’ चार–पाँच महिना अगाडि रिलिज भएको थियो । फिल्मले राम्रो चर्चा कमाएको थियो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौं जिल्ला कमिटीको आयोजनामा एनप्याब्सन जिल्लाव्यापी अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा पनि निर्णायकको भूमिकामा रहेका थिए ।

म्यजिक भिडियोहरूमा पाण्डेले अलिक नयाँपना दिनुपर्छ भन्ने मान्यता राख्छन् । ‘म्यजिक भिडियोमा धेरै समय हुँदैन’, उनले भने, ‘केही नयाँ र फरक दिनै पर्छ ।’