लण्डन, १३ भदाै । कोलम्बियामा पूर्व फार्क कमाण्डरले पुनः सशस्त्र युद्ध सुरु भएको घोषणा गरेका छन् । उनले आफ्ना समर्थकलाई हतियार उठाउन आग्रह गरेका पनि गरेका छन् ।
पूर्व फार्क कमाण्डर इभान मार्क्वेजले पुनः सशस्त्र युद्ध सुरु भएको घोषणा गरेका हुन् । उनी सरकार र तत्कालीन फार्क बिद्रोहीबिच सन् २०१६ मा भएको शान्ति सम्झौताका प्रमुख वार्ताकार हुन् ।
सन् २०१६ मा भएको शान्ति सम्झौतासँगै कोलम्बियामा ५० वर्षदेखि जारी फार्क सशस्त्र युद्धको अन्त्य भएको थियो । सोही सम्झौता अनुसार फार्क शान्तिपूर्ण तथा मुलधारको राजनीतिमा आएको थियो । तर पूर्व कमाण्डर मार्क्वेजले बिहीबार भिडियो सन्देश मार्फत युद्धको घोषणा गरेका हुन् ।
सरकारले विश्वासघात गरेको आरोप लगाउँदै उनले सशस्त्र युद्ध सुरु गर्ने घोषणा गरेका छन् । उनले भिडियो सन्देशमा भनेका छन्, ‘पछिल्लो दुई वर्षमा ५०० भन्दा बढी सामाजिक नेता मारिएका छन् र १५० गुरिल्ला लडाकुको ज्यान गएको छ ।’
३० मिनेट लामो भिडियो सन्देशमा मारिनेमा अधिकांश पूर्व फार्क सदस्य र अधिकारकर्मी रहेको उनले उल्लेख गरेका छन् । वर्तमान राष्ट्रपति इभान दुक्वे सत्तामा आएपछि अत्याचार मौलाएको उनको आरोप छ ।















प्रतिक्रिया