काठमाडाैं, १३ भदाै । समृद्धिको लागि सिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्य कलाकार एवं प्रस्तोता सन्दीप क्षेत्री केही समयअघि प्रशारण भएको को बन्छ करोडपति टिभि कार्यक्रममा सहभागी भएका र सो कार्यक्रममा रु एक लाख साठी हजार (कर सहित) नगद पुरस्कार जितेकाे पैसा विद्यालयलाइ प्रदान गरिएकाे छ ।
सो रकममा थप गरी जम्मा रु तीन लाख पुराएर गत वर्ष आएका हावा–हूण्डरी प्रभावित विद्यालयको संरचना मर्मत गर्नको लागि प्रदान गरिने वाचा गरिएको थियो ।
एक कार्यक्रमका वीच पर्सा, खुतुवा प्रसाैनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विद्यालय भवनको छत मर्मतको लागि सो रकम हस्तान्तरण गरेको छ ।
रकम सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग, युवराज गुरागाईंले विद्यालयका प्रधान अध्यापक रामेश्वर प्रसाद यादवलाई हस्तान्तरण गरेका छन् ।
यसअघि पनि श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, जितपुर, बाराको छत मर्मतको लागि बैंकले रकम प्रदान गरेको थियो र यो सहयोग संगै बैंकले गरेको वाचा पूरा गरेको छ ।
सिभिल बैंकले समाज प्रतिको उत्तरदायीत्व बहन गर्ने क्रममा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ त्यसका साथै आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको कुरा बैंकले जनाएको छ ।















प्रतिक्रिया