१ कार्तिक २०८३, आइतबार

कराची विमानस्थलका अन्तर्राष्ट्रिय उडानका तीनवटा मार्ग बन्द

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद, १२ भदाै । पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणले बुधवार कराची विमानस्थलका सबै अन्तर्राष्ट्रिय उडानका तीनवटै मार्ग बन्द गरेको छ।

पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणले नोटिस टु एयरमेन (नोटाम) जारी गर्दै सबै बन्दरगाहमा पनि सतर्क रहन आदेश दिएको छ।

पाकिस्तानले कराची नजिकै सोनमियानी परीक्षण केन्द्रबाट क्षेप्यास्त्र परीक्षण गर्न थालेको आशंका गरेका छन्। भारतले जम्मु कश्मीरबाट धारा ३७० हटाएलगत्तै विवाद बढेका बेला पाकिस्तानले नोटाम जारी गरेको छ।

यसअघि नै पाकिस्तान सरकारले भारतीय विमानलाई आफ्ना हवाई क्षेत्रमा पूर्ण प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो।

पाकिस्तानको नयाँ प्रतिबन्धबाट कराचीको हवाई क्षेत्र हुँदै अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन्। विमानचालकले कराची पार गर्न वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ।

नोटामले उक्त प्रतिबन्ध १ सेप्टेम्बरमा सकिने जनाएको छ। पाकिस्तानका विज्ञान एवं प्रविधि मन्त्री फवाद चौधरीले प्रधानमन्त्री इमरान खानले भारतीय विमानसेवालाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाउने बताएका थिए।

पाकिस्तानी मन्त्रिमण्डलको बैठकमा मंगलवार भारतीय विमानलाई रोक लगाउने र अफगानिस्तानसँगको स्थल व्यापार मार्ग रोक्ने विषयमा छलफल भएको थियो।

भारतले बालाकोट आक्रमण गरेपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतका लागि बन्द गरेको थियो। हाल भारत र पाकिस्तानबीच व्यापार पनि बन्द छ। दुवै देशबीच बस र रेल सेवा पनि बन्द भएका छन्।