४ कार्तिक २०८३, बुधबार

‘इंशाअल्लाह’काे सुटिङ स्थगित, सलमान र भन्सालीमा खटपट

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बइ । बलिउड अभिनेता सलमान खान तथा नायिका आलिया भट्ट अभिनित ‘इंशाअल्लाह’ सुटिङमा जानु दुई दिन अगाडि स्थगित भएको छ ।

फिल्म बुधबारबाट छायाँकनमा जाने तयारीमा थियो । निर्देशक संजय लीला भन्साली र सलमान खानको संयूक्त निर्माण रहने भनिएको सिनेमामा दुवैको विचार र समय नमिलेपछि फिल्म स्थगित भएको हो ।

दुबैले ट्वीटरमार्फत यसको पुष्टि गरेका छन् । फिल्म आगामी ईदमा रिलिज हुने घोषणा भएको थियो । सलमानले अब यस मितिमा आफ्नो अर्को प्रतिक्षित सिनेमा ‘किक २’ ल्याउने घोषणा गरेका छन् ।

फिल्म एकसाथ नगर्ने भएपनि सलमानले आफूहरू साथीहरू नै रहेको र रहिरहने बताए । उनले संजयको आफ्नो फिल्मप्रतिको इमानदारीलाई आफूले सम्मान गर्ने बताएका छन् ।