काठमाडौं, ११ भदौ । वर्षकै ठूलो प्रदर्शन, नाडा अटो सो सुरु भएको छ । प्रदर्शनमा स्याङयोङ मोटर्सले यो वर्ष पनि आफ्नो सहभागिता रहेकोे छ ।
भृकुटीमण्डपमा आयोजित हुने नाडा प्रदर्शनीमा कम्पनीले अधिकत्तम छुटका साथ अफर लिएर आएको जनाएको छ ।
हुन गईरहेको नाडा प्रदर्शनी २०१९ मा बेस्ट भ्यालु अवार्ड विजेता, पहिलो पटक यो प्रदर्शनीमा राख्न गईरहेकोे छ ।
प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा.युवराज खतिवडा द्वारा भएको छ । आकर्षक मूल्य र उपयोगिताको हिसाबले मस्कुलर स्पोर्टस युटिलिटी ट्रकको आफ्नै विशेषता छ ।
नेपालको लागि आइएमएस ग्रुप अन्तर्गतस्याङयोङ मोटर्सको एकल वितरकको ६ वटा विभिन्न मोडलमा गाडी रहेका छन् ।
यो अफर अन्तर्गत स्याङयोङ मोटर्सले आफ्नो ग्राहकरुलाई अत्याधिक छुट दिने भएको छ ।
कोरियन लक्जरी एसयुभीएस भएको कारण संगयोगले आफ्नो ग्राहकरुलाई भर्खरै मार्केटमा आएको सामसंग ग्यालेक्सी नोट १० अफर गर्नेछ ।















प्रतिक्रिया