नयाँदिल्ली, १० भदाै । भारत कर्नाटकको सरकारमा तीन उपमुख्यमन्त्री हुने भएका छन् ।
बिएस येदियुरप्पा सरकारमा तीन उपमुख्यमन्त्री राख्ने निर्णय भएको हो । एक हप्ताको पर्खाईपछि येदियुरप्पा सरकारका मन्त्रीहरुको विभागको बाँडफाँड भएको हो ।
भारतीय जनता पार्टी (भाजपा)ले लिंगायत, वोक्कालीगा र दलित समुदायबाट एक–एक गरी तीन उपमुख्यमन्त्री राख्ने निर्णय गरेको हो ।
विधानसभामा पोर्न चलचित्र हेरेका कारण चर्चामा आएका र विधानसभा चुनावमा पराजित भएका लिंगायत नेता लक्ष्मण सावदी, वोक्कालीगा नेता तथा जेडिएस–कांग्रेसमा भएको फुटमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अश्वत नारायण र दलित नेता गोविन्द करजोल उपमुख्यमन्त्री बनेका छन् ।
केन्द्र सरकारले येदियुरप्पामाथि नियन्त्रण कायम गर्नका लागि तीन उपमुख्यमन्त्री बनाएको पनि बताइन्छ।















प्रतिक्रिया