१ कार्तिक २०८३, आइतबार

भारतका पूर्व प्रधानमन्त्री सिंहको विषेश सुरक्षा फिर्ता

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १० भदाै । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई दिइएको विषेश सुरक्षा व्यवस्था सरकारले फिर्ता लिएको छ।

‘विषेश सुरक्षा बल (एसपीजी)’ का रुपमा खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइएको सरकारी अधिकारीले सोमबार जनाएका छन्।

भारतमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र उनका परिवारका सदस्यहरूलाई विषेश सुरक्षा बल प्रायः खटाउने गरिएको छ।

उनलाई अब दोस्रो उच्चस्तरको सुरक्षा व्यवस्था मानिने जेड प्लस सुरक्षा सेवा प्रदान गरिने भएको छ।

अहिलेसम्म उनलाई दिँइदै आएको सुरक्षा सेवामा पुर्वविचार गरिएको सरकारी अधिकारीको भनाई छ। यसलाई सुरक्षा निकायहरूले व्यवसायीक दृष्टीकोणबाट लिनु पर्ने बताएका छन्।

सिंहले प्रधानमन्त्रीको दुई वर्षे कार्यकाल पुरा गरेर सन् २०१४ मा विदा लिएका थिए। बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी त्यसपछि प्रधानमन्त्री बनेका हुन्। रासस/सिन्ह्वा