
काठमाडौँ, ८ भदौ । सुनको भाउ फेरि उकालो लागेको छ ।
साताको पहिलो दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको भाउ तोलाको ७२ हजार ५ सय रुपैयाँ तोकिएको छ । शुक्रबार सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।















प्रतिक्रिया