
काठमाडौँ, ७ भदौ । नेपाल कम्युनिष्ट पार्टीका नेता ईश्वर पोखरेलले स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएका छन् ।
राजधानीमा आयोजित विशेष कार्यक्रममा तत्कालीन नेकपा एमालेका स्कूल विभाग उपप्रमुख शंकर पोखरेलले नेता ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
स्कूल विभाग प्रमुखको जिम्मेवारी लिँदै नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने प्रण जनाए ।
परिवर्तित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उनले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताए । सिंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाको बारेमा एउटै बुझाई बुझ्ने र एउटै बोली बोल्नुपर्ने आवश्यकता औंल्याए ।











प्रतिक्रिया