१ कार्तिक २०८३, आइतबार

भारतीय पूर्व अर्थमन्त्री अरुण जेट्लीको निधन

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । भारतीय पूर्वअर्थ मन्त्री अरुण जेट्लीको निधन भएको छ ।

अखिल भारत आर्युविज्ञान संस्थान (एआईआईएमएस) अस्पतालमा उपचाररत उनको शनिबार निधन भएको भारतीय समाचार संस्थाले जनाएका छन् ।

लामो समयदेखि बिमारी रहेका जेट्लीको नेपाली समयअनुसार १२ः२२ मा निधन भएको हो । उनलाई १५ दिन अघि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

जेट्ली नरेन्द्र मोदी सरकारको अघिल्लो कार्यकालका अर्थमन्त्री थिए । भने यस पटक सांसद पनि थिए ।