आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

पासाङ ल्हामू राजमार्ग अवरुद्ध

दैनिक नेपाल २०७६ भदौ ७ गते ८:३७

नुवाकोट, ७ भदाै । नुवाकाेट जिल्लास्थित पासाङ ल्हामू राजमार्ग अवरुद्ध भएको छ ।

शुक्रबार राति आएको बाढीले पासाङ ल्हामू राजमार्गकोे त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खु खोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो ।

तीन दिनअघि बगाएपछि पुनः बनाएको डाइभर्सन शुक्रबार राति फेरि बगाएको हो ।

विदुर नगरपालिका वडा नं. १ र १० को सीमामा रहेको गेर्खु खोलाले गएको वर्षको बर्खामा पुल भत्काएपछि अस्थायी रुपमा बनाइएको डाइभर्सन यो वर्ष दुई पटक बगाइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित