१ कार्तिक २०८३, आइतबार

श्रीनगरमा सुरक्षाकर्मी प्रदर्शनकारीबीच झडप

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ७ भदाै । भारत प्रशासित जम्मू–कश्मीरको श्रीनगरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ ।

सोउरा नजिकै शुक्रबारको विशेष नमाजपछि सयौँ मानिसले प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको हो ।

प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगा प्रहार गरेपछि प्रदर्शनले हिंसात्मक रुप लिएको हो । सुरक्षाकर्मीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको बताइएको छ ।

घटनामा कम्तिमा दुईजना घाइते भएका छन् । भारत सरकारले अगस्ट ५ मा संविधानमा रहेको धारा ३७० निष्प्रभावित घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खोसेपछि सो क्षेत्रमा तनावको अवस्था छ ।

सरकारले सो क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा अधिकांश रुपमा बन्द गरेका छ । ल्याण्डलाइन टेलिफोन भने आंशिक रुपमा सञ्चालनमा आएका छन् ।

शुक्रबार भएको प्रदर्शनमा घाइते भएकाहरूको यकिन संख्या खुलेको छैन । रबरको गोली लागेर घाइते भएका धेरै प्रदर्शनकारी पक्राउ पर्ने भयले अस्पताल नगएको श्रीनगरमा रहेको बिबिसीले जनाएकाे छ ।