आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

पर्सा प्रहरीद्वारा एक लाख ९० हजार नक्कली भारुसहित दुई जना पक्राउ

दैनिक नेपाल २०७६ भदौ ६ गते १३:३९

पर्सा, ६ भदौ । पर्सा हुँदै भारत छिर्न लागेका दुई व्यक्तिलाई एक लाख ९० हजार रुपैंया बराबरको नक्कली नोटसहित पर्सा प्रहरीले विहीबार साँझ पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ९५ वटा २ हजार दरका नक्कली नोट फेला परेको हो ।

वीरगञ्ज महानगरपालिका–१० इदगाह चौकबाट पर्सा वैरियाका दिलिपकुमार साह र छप्कैयाका जमिल अख्तरलाई नियन्त्रणमा लिइएको हो । उनीहरूको साथबाट उक्त परिमाणमा नक्कली नोट फेला परेको पर्सा प्रहरी प्रमूख सोमेन्द्र सिंह राठौले जानकरी दिए ।

पक्राउ गरिएकाहरूमाथि कानुनी कारबाहीका लागि अनुसन्धान जारी राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित