बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

प्रचण्ड भन्छन् : नेपालका कम्युनिष्ट नेतामा राजा-महाराजाको प्रवृत्ति देखिन थाल्यो

दैनिक नेपाल २०७६ भदौ ६ गते १३:१८

काठमाडौँ, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीका नेताहरुमा राजा–महाराजाको प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एउटा कार्यक्रममा अध्यक्ष प्रचण्डले नेताहरुले आचरण नसुधारे जनताले लखेटने दिन आउने चिन्ता व्यक्त गरे ।

‘नेपालका कम्युनिस्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थाल्यो’, उनले भने, ‘यस्तै प्रवृत्ति बढ्दै गयो भने पूर्वी युरोपमाजस्तो राजा महाराजाविरुद्ध लडेका जनताले नै कम्युनिस्टलाई लखेटेजस्तै यहाँ पनि त्यो अवस्था आउन सक्छ ।’

सोभियत संघ बुर्जुवाहरुले कम्युनिस्टकै प्रयोग गरेर सत्ता ढलाए उदाहरण दिँदै उनले बुर्जुवाहरु कम्युनिस्टहरुलाई विकृत बनाउने योजनामा रहेको र कम्युनिस्टहरु राजा–महराजा बनेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले पछिल्लो समय पार्टीमा अनुशासनहीन गतिविधि बढ्दै गएको र जसलाई जे मन लाग्ने त्यही बोल्न थालेको भन्दै चिन्ता व्यक्त गरे।

‘हामी हिजो निकै अनुशासित थियौं र मात्र यहाँ आइपुगेका हौं’, उनले भने, ‘आजभोलि अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो, त्यही बोलिदिने, समूहको हितलाई बेवास्ता गर्ने भयौं।’ उनले यो प्रवृत्ति पार्टी र सिंगो कम्युनिस्ट आन्दोलनकै विरुद्धमा भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित