आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

पत्नीपीडितले पाए न्याय, विदेशमा कमाएको १५ लाख फिर्ता

दैनिक नेपाल २०७६ भदौ ६ गते ११:४१

काठमाडौं, ६ भदौ । पतिले साउदी अरबमा कमाएको १५ लाख नगदसहित अर्कैसँग बिहे गरेकी एक महिलाले उक्त रकम फिर्ता गर्नुपरेको छ ।

ललितपुरको गोदावरी नगरपालिकाको न्यायिक समितिको निर्णयका आधारमा ति महिलाले रकम फिर्ता गर्नु परेको हो ।

विदेशबाट पठाएका पतिका पैसा लिएर अर्कैसँग भागेकी उनीविरुद्ध नगरपालिकामा उजुरी परेको थियो । न्यायीक समिति संयोजक तथा उपमेयर मुना अधिकारीले दुवै पक्षलाई झिकाएर छलफल गराएकी थिइन् ।

न्यायिक समितीले पिडितको १५ लाख फिर्ता गर्ने फैसला गरेको छ । पिडकले ३ महिनापछि पैसा फिर्ता गर्ने कागज गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित