आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

दैनिक नेपाल २०७६ भदौ ५ गते १८:२३

काठमाडौँ, ५ भदौ । नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्केका छन् ।

हिजो र आज भएको कार्यक्रम सकेर जयशंकर आज स्वदेश फर्केका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले विदाई गरे।

नेपाल बसाइँ क्रममा जयशंकरले राजनीतिक भेटघाट गरेका थिए ।

बुधबार दिउँसो उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे भने साँझ राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूलाई भेटेका थिए ।

बिहीबार बिहान उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

यसैगरी, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र डाक्टर बाबुराम भट्टराई भने भारतीय विदेशमन्त्रीलाई जयशंकरलाई भेट्न उनी बसेको द्वारिकाज होटेलमै पुगेका थिए।

प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै पूर्वप्रधामन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भने उनलाई भेट्न मानेनन् ।

प्रतिक्रिया
सम्बन्धित