बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

सतहमा ओली–नेपाल संघर्ष, प्रचण्डले पार्टी हाँक्ने

दैनिक नेपाल २०७६ भदौ ५ गते १५:३१

काठमाडौं, ५ भदौ । सिंगापुर जानुअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बसेको सचिवालयको बैठकमै नेता माधवकुमार नेपालसँगको घोचपेचको विषय बाहिर आएको छ ।

ओलीसँग चिढिएका नेता नेपालले सचिवालय बैठकका एजेन्डा तय हुनुपर्ने बताउँदै गर्दा अध्यक्ष ओलीले अहिले स्वास्थ्य सुधारको शुभकामनाबारे मात्र निर्णय गर्दा राम्रो हुने बताएका थिए । सो क्रममा नेपालले ‘शुभकामना भन्दा अन्य विषय पनि हुनुपर्ने’ भनेको स्रोतले जनाएको छ । सोही विषयमा विवाद भएपछि ओली–नेपाल संघर्ष चलेको विवरणहरूमा आएको छ ।

शुभकामना प्रधानमन्त्री ओलीले नपाएको विषयलाई भने नेता नेपाल आफैंले स्वीकार गरेको विवरणहरुमा आएको छ । नेपाल आफैंले पनि शुभकामना दिँदा ओलीले नलिएको र ‘तपाईको शुभकामना नभए पनि ठिक भएर आउँछु’ भनेको प्रतिक्रिया दिएको बताएका छन् ।

सचिवालयमा अन्य विषयमा भने कुराकानी भएन । पार्टीका दैनिक गतिविधि र विविध बैठकको एकल अध्यक्षता गर्ने अख्तियारी पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।

पार्टीका निर्णय र निर्देशनमा प्रचण्डले चलाउनेगरी जिम्मेवारीसहितको सुझाव ओलीले दिएको बताइएको छ । दुई सातासम्म पार्टीका अनेक गतिविधि हाँक्ने र निर्देशन दिने जिम्मा प्रचण्डले गर्दा हुने र आवश्यक परे आफू फोनमा उपलव्ध हुने अध्यक्ष ओलीले बताएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित