१२ मंसिर २०८३, शनिबार

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जाँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदाै । प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार पुनः सिङ्गापुर जाँदै छन् ।

उनी दिउँसो साढे एक बजेर थाइ एयरको विमान मार्फत सिंगापुर प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताएका थिए ।

चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जान लागेको जनाइएको छ ।

प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गई साउन २७ गते स्वदेश फर्किएका थिए ।