सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

नेकपाको सचिवालय बैठक भोलि बिहान बस्ने गरी सकियो

दैनिक नेपाल २०७६ भदौ ४ गते १७:४५

काठमाडौं, ४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्नेगरी सकिएको छ ।

आजको बैठकमा एजेण्डाहरु प्रस्तुतको भोलि बिहान ८ बजे बस्ने बैठकमा पार्टी एकताका बाँकी विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठक बस्नुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज पनि छलफल भएको थियो ।

सचिवालय बैठक बिहान ११ बजे बस्ने भनिएकोमा तयारी नपुगेका कारण दिउँसो तीन बजेका लागि स्थगित गरिएको थियो । दिउँसो तीन बजे बसेको बैठकमा समेत सहमति नभएपछि बैठक भोलि बिहानसम्मका लागि स्थगित गरिएको हो ।

पार्टी एकताका बाँकी काम टुंगो लगाउने, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन, प्रधानमन्त्रीको स्वास्थ्य उपचारका लागि भोलिदेखि हुने सिंगापुर भ्रमणलगायतका विषयमा भोलि बिहानको सचिवालय बैठकमा छलफल हुनेछ ।

वरिष्ठ नेता माधवकुमार नेपालको फरक मतका विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित