
काठमाडौँ, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टीको मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । आवश्यक तयारी नपुगेको भन्दै बैठक रोकिएको स्रोतले जनाएको छ ।
बैठकका लागि सबै सचिवालय पदाधिकारी प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका थिए ।
‘प्रधानमन्त्री र महासचिवले गृहकार्य नपुगेको भन्नुभएकाले बैठक रोकियो,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘बैठक भोलि ११ बजे बस्नेछ ।’ बैठक रोकिएसँगै नेताहरू बालुवाटारबाट निस्किएका छन् ।
आजको बैठकमा अध्यक्षद्धय बीचको पार्टीका विभिन्न आयोगको नेतृत्व टुंग्याउने तयारी थियो । वरिष्ठ नेता माधवकुमार नेपालले भने आज लिखित रुपमै नोट अफ डिसेन्ट दर्ता गर्ने तयारी गरेका थिए ।
आइतबारको बैठकले झलनाथ खनालपछिको वरियातामा नेता नेपाललाई राख्ने निर्णय गरेको थियो ।











प्रतिक्रिया