बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

योजना आयोगका कर्मचारी सिंहदरबारभित्रै मृत भेटिए

दैनिक नेपाल २०७६ भदौ ३ गते १२:४१

काठमाडौँ, ३ भदौ । राष्ट्रिय योजना आयोगमा कार्यरत एक जना कर्मचारी मृत अवस्थामा भेटिएका छन् ।

सिंहदरवारभित्र रहेको आयोगकै अनुगमन तथा मुल्यांकन हलमा नायव सुब्बा बच्चु केसी मृत अवस्थामा भेटिएका हुन् ।

कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा केसी राष्ट्रिय योजना आयोगको कार्यालयको सानो अनुगमन हलमा मृत भेटिएका प्रहरीले जनाएको  छ ।

प्रहरीका अनुसार सोमबारै राति विष पिएर उनले आत्महत्या गरेको प्रारम्भीक अनुमान गरिएको छ । उनी कीर्तिपुरको टौदहका हुन् ।

सिंहदरबार क्षेत्रमा जडान गरिएको सिसीटिभी क्यामेरामा उनी सोमबार राति साधरण पोशाकमा सिंहदरबार छिरेको खुलेको छ ।

केसी मृत भेटिएपछि उनको परिवारलाई झिकाइएको योजना आयोगका एक अधिकारीले जानकारी दिए । केसीले आत्महत्या गर्नुको कारणबारे केही पनि खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित