बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

भक्तपुरकाे लाेकन्थलीमा सडक भासियाे, सात घर जाेखिममा

दैनिक नेपाल २०७६ भदौ ३ गते ९:३३

काठमाडौं, ३ भदाै । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका लोकन्थलीमा सडक भासिएकाे छ ।

सडक भासिदा ७ घर जोखिममा परेका छन् । सोमबार रातिको वर्षाले सडक भासिदा बाटो, ढल र खानेपानी अवरुद्ध भएको छ ।

सडक क्षति भएका कारण करीब एक सय परिवारलाई आउजाउ गर्न समस्या भएको छ ।

थप क्षति नियन्त्रणका लागि जोखिमयुक्त क्षेत्रमा तत्काल संरक्षणका उपाय थालिनु पर्ने स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित