आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

दाङमा विप्लवको नेकपाद्वारा एनसेलमाथि आक्रमण

दैनिक नेपाल २०७६ भदौ ३ गते ९:१९

घोराही, ३ भदौ । दाङ जिल्लामा एनसेलको टावर नजिकै रहेको जेनेटरमा अज्ञात समूहले आगजनी गरेर क्षति पु¥याएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ १ बिहान अपरिचित समूहले एनसेलको टावरलाई क्षतिपु¥याउन जेनेरमा आगो लगाएर नोक्सानी गरेको हो ।

आगजनीबाट शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित खड्क विष्टको मकै बारीमा रहेको एनसेलको टावरमा रहेको जेनेटर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

जेनेटर जलेर नष्ट भए पनि टावरलाई केही भएको छ । दाङ प्रहरीले जारी गरेको प्रेस नोटअनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एनसेलको टावर र जेनेटरमा आगजनी गरेको हुन सक्ने अनुमान गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित