बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

पारस शाहले प्रहरीलाई गरेको दुर्व्यवहारका विषयमा छानविन सुरु

दैनिक नेपाल २०७६ भदौ २ गते १८:४२

काठमाडौँ, २ भदौ । पूर्वयुवराज पारस शाहले प्रहरीलाई दुर्व्यवहार गरेको विषयमा छानविन थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई आइतबार शाहले दुर्व्यवहार गरेका थिए जसको चौतर्फी विरोध भइरहेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयले घटनाबारे छानविन गर्न निर्देशन दिएसँगै विमानस्थल प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित