सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

सुमार्गीको नेपाल स्याटेलाइटको लाइसेन्स रद्ध

दैनिक नेपाल २०७६ भदौ २ गते १७:४६

काठमाडौँ, २ भदौ । नेपाल दूसञ्चार प्राधिकरणले ‘नेपाल स्याटेलाइट’को अनुमति पत्र खारेज गरिदिएको छ । व्यापारी अजयराज सुमार्गीको स्वामित्व रहेको कम्पनीले प्राधिकरणले दिएको म्यादमा बक्यौता रकम तिर्न नसकेपछि अनुमति पत्र खारेज गरिदिएको हो ।

कम्पनीले प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको र दिइएको ३ महिना समयसीमामा पनि रकम नबुझाएकोले लाइसेन्स रद्द गरेको प्राधिकरणका अध्यक्ष पुरुषेत्तम खनालले बताए ।

नेपाल स्याटेलाइटले हेलो नेपाल ब्राण्डमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित