सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

अध्यक्ष दाहाल भन्छन् : वर्तमान सरकार पाँच वर्ष रहन्छ

दैनिक नेपाल २०७६ भदौ २ गते १६:३१


जनकपुरधाम, २ भदौ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन् । जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गरे ।

सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेकोे बताए । उनले भने “अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई सफलीभूत पार्न क्रियाशील हुनेछ ।”

प्रतिक्रिया
सम्बन्धित