१२ मंसिर २०८३, शनिबार

यातायात व्यवस्था विभागको महानिर्देशकमा गोगनबहादुर हमाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी गोगनबहादुर हमालले पाएका छन् । हमालले सोमबारबाट विभागको महानिर्देशकको कार्यभार सम्हालेका हुन् ।

विभागको कार्यकक्षमा विभिन्न शाखाका कर्मचारीले हमाललाई स्वागत गरे । विभिन्न शाखाका कर्मचारीले सफल कार्यकालको शुभकामना दिएको स्वागत कार्यक्रममा हमालले विभागमा आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसअघिका महानिर्देशक कुमारप्रसाद दहालको विभागबाट सरुवा हुने जानकारी एक महिनाअघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गराए पनि पत्र नआएका कारण एक हप्ता अघिसम्म दहाल नै विभागको महानिर्देशक पदमा थिए ।

सन् २०१४ देखदि २०१७ सम्म मेकानिकल इन्जिनियरका रुपमा विभागमै कार्यरत हमाल यस अघि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवका रुपमा कार्यरत थिए।