१२ मंसिर २०८३, शनिबार

अरूण खोलाको डाइभर्सनबाट एकतर्फी बाटाे खुल्याे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, २ भदाै । पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको अरुण खोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडक बाढीले बगाएका कारण अवरुद्ध रहेको महेन्द्रराजमार्गमा यातायात एकतर्फी रुपमा खुलेको छ ।

खोलामा पानीको सतह घटेका कारण एकोहोरो यातायात संचालन गर्न सम्भव भएको जिल्ला ट्राफिक प्रहरीले जानकारी दिएको छ।

हयूमपाइप राखेर बनाइएको डाइभर्सनको माथिल्लो भाग बगाएपछि आइतबार साँझ ५ बजेदेखि यातायात अवरुद्ध भएको थियो। वर्षा रोकिएको र खोलामा पानीको सतह घटेका कारण गाडी खोलैखोल आउजाउ गर्न शुरु गरेका हुन् ।

६ दिन अघि अरुण खोला पुलमा गाडी ठोक्किएका कारण पुल भाँचिएपछि ३ दिन लगाएर वैपल्पिक सडक बनाएर आवगमन खुलाइएको थियो । हयूमपाइप राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम हिँडेका हजारौं यात्रु अलपत्र परेका थिए ।