४ कार्तिक २०८३, बुधबार

नाडा अटोमोवाइल्स् भदाै १० देखि आयोजना हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २ भदाै । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा यही भदाै १० देखि १५ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको १४औं संस्करण “नाडा अटो शो २०१९” आयोजना गरिने भएको छ ।

काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीले यस वष कभर्ड हल, ठूलो चौर तथा बगैंचामा समेत गरी प्रदर्शनी स्थलको सम्पूर्ण क्षेत्रफल ओगट्न सफल भएको छ ।

यस संस्करणमा पनि शिर्ष प्रायोजक क्लास लुब्रिकेन्ट्स रहेको छ भने मेला व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

नेपाली महान चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरु तथा अटोमोबाइलसंग प्रत्यक्ष–अप्रत्यक्षरुपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने विश्वास लिइएको छ ।

प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरुको चाप बढ्दै गइरहेको छ । यसले सवारी साधन विलासिता मात्र नभई, आम सर्वसाधारणको जीविकोपार्जनकालागि चाहिने अत्यावशक साधनको रुपमा पनी चित्रण हुन थालेकोे आयोजकको ठम्माई रहेको छ ।