बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

छोरालाई सईले दुर्व्यवहार गरेकाे भन्दै रिसाए पारस शाह

दैनिक नेपाल २०७६ भदौ २ गते ७:४०

काठमाडौं, २ भदौ । आफ्ना छोरा र भाञ्जालाई प्रहरीले रोक्न खोजेपछि पूर्वयुवराज पारस शाह आक्रोशित भएका छन् ।

पूर्वयुवराज शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेको जनाइएको छ ।

आमा र छोराछोरीलाई थाइल्यान्ड जान लागेका बेला विमानस्थलमा विदाईका लागि पुगेका शाहले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) लाई दुर्व्यवहार गरेको जनाइएको छ ।

थाइल्यान्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी पूर्वरानी कोमल शाहलाई विदा गर्न पूर्वयुवराज शाहपनि विमानस्थल पुगेका थिए ।

पूर्वयुवराज शाहले प्रहरीद्वारा आफ्ना छोरा र भाञ्जालाई दुर्व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित