
काठमाडौं । कलाकार सुभद्रा अधिकारीको शनिवार बिहान निधन भएको छ ।
नेपाली फिल्मकी बरिष्ठ चरित्र अभिनेत्री अधिकारीको निवासमा नै ७३ बर्षको उमेरमा निधन भएको बताइएको छ ।
अधिकारीको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा हुने बताइएको छ ।
केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो।
उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ चर्चित थिइन् ।















प्रतिक्रिया