४ कार्तिक २०८३, बुधबार

दसैंमा ‘रातो टीका निधारमा’

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैंमा निर्देशक अशोक शर्माको फिल्म ‘रातो टीका निधारमा’ प्रदर्शन हुने भएको छ । कुमारी हलमा फिल्मको ‘मेरो माया के हो भन्नै पर्दैन’ बोलको गीत रिलिज गरिएको छ । गीतमा नायक अंकित शर्मा र नायिका साम्राज्ञी शाहलाई फिचरिङ गरिएको छ ।

गीतमा रवि मल्लको शब्द, कल्याण सिंहको संगीत तथा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ । फिल्म ‘रातो टीका निधारमा’बाट अशोक शर्माका छोरा अंकित शर्माले नायकको रूपमा डेब्यु गरेका हुन् । अंकितले फिल्म ‘जय भोले’ मा सहायक निर्देशक भएर अशोकलाई सघाएका थिए ।

गीत रिलिजका अवसरमा फिल्मका कलाकारहरू तथा नवनायक शर्मा पढेको मल्पी इन्टरनेसनलका गुरुहरूको पनि उपस्थिति थियो । किरण शर्मा र कृति शर्माले निर्माण गरेको फिल्मको कथा अशोक शर्माले नै लेखेका छन् । निर्देशक शर्माकी छोरी कृतिले यसपालि उनलाई निर्देशनमा सहयोग गरेकी छन् ।

गीत रिलिजका क्रममा आफूले सम्पूर्ण जीवन नै चलचित्र क्षेत्रमा समर्पित गरेको जनाउँदै अशोक शर्माले भने, ‘फिल्मको भविष्य राम्रो छ, यो पवित्र क्षेत्र हो भन्ने मनन् गरेर नै मैले विदेश रहेका छोराछोरीहरूलाई पनि यो क्षेत्रमा ल्याएको छु।’ उनले दसैंमा प्रदर्शन हुने फिल्म ‘रातो टीका निधारमा’ हेरेर उत्साह बढाई दिन आग्रह गरे ।