बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

विद्या बालनका संघर्षपूर्ण जीवन

दैनिक नेपाल २०७६ साउन ३२ गते ८:१७

मुम्बई । बलिउड अभिनेत्री विद्या बालनले आफूले विगतमा गरेको संघर्षका प्रसंगहरू उठाएकी छिन् । उनले सफल अभिनेत्री भएपनि कुनै बेला निकै संघर्ष गर्नुपरेको बताएकी छिन् ।

विद्याका अनुसार एक समय उनले काम पाउनै छाडेकी थिइन् । त्यो बेला उनी प्रत्येक रात आँखाभरि आँशु राखेर सुत्थिन् । विद्या बालनले ठूलै संघर्ष र कडा मेहनतपछि मात्र बलिउडमा एउटा ठूलो नाम बनाउन सफल भएकी हुन् ।

विद्या वालन प्रदर्शनको तयारीमा रहेको नयाँ फिल्म ‘मिशन मंगल’ देखिंदैछिन्, जुन मार्स अर्बिटर मिसनमा आधारित छ ।

विद्या बालले भनेकी छिन्, ‘कुनै बेला त्यस्तो पनि थियो, जति बेला म हरेक रात रुँदै सुत्दथें ।’ आफ्नो संघर्षको दिनहरु सम्झदै उनले भनेकी छिन्, ‘दक्षिण भारतको फिल्म उद्योगमा मैले लगातार तीन वर्षसम्म रिजेक्सनको सामना गर्नु परेको थियो । त्यो बेला म राति रुन बाहेक अरु केही गर्न सक्दिन थिएँ । तर भोलिपल्ट बिहान पुनः संघर्षका लागि तयार भैसकेकी हुन्थें । बिहान आफ्नै खुट्टामा उभिएर, अनुहारमा मुस्कान तथा एउटा ठूलो आशासहित म पुनः कामको खोजीमा निस्किन्थें ।’

लामो संघर्षपछि उनले फिल्म ‘परिणीता’ पाएकी थिइन् । आजको दिनमा उनी भारतीय फिल्म उद्योगकी एक लोकप्रिय तथा सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् ।

त्यसो त विद्या बालनको जीवनमा एक समय त्यस्तो पनि आएको थियो । जब उनलाई लगातार आठ वटा बायोपिकबाट प्रस्ताव आएका थिए ।

उनले तीमध्ये एमएस सुब्बूलक्ष्मीबाहेक अन्य कुनै पनि बायोपिकमा काम गरिनन् । त्यस प्रसंगमा गरिएको जिज्ञासामा विद्याको भनाइ छ–कुनै पनि व्यक्तित्वमाथि फिल्म बन्नु मात्र सबै कुरा होइन । उनीहरूका बारेमा भन्नका लागि केही कथा पनि हुनु पर्छ ।’

विद्यालाई मीना कुमारीको बायोपिकमा काम गर्न मन थियो तर आजसम्म उनीसमक्ष कसैले पनि यसका लागि प्रस्ताव लिएर आएका छैनन् । आज पनि उनी उक्त फिल्ममा काम गर्न इच्छुक छिन् ।

फिल्म मिशन मंगल भारतद्वारा सफलताभन्दा पहिलाको प्रयासमा मंगल ग्रहमा पठाइएको मंगलयानको कथा प्रस्तुत गरिएको छ । यो फिल्म यही शुक्रवार प्रदर्शन हुँदैछ ।

उनी मिशन मंगल फिल्ममा अक्षय कुमार, सोनाक्षी सिन्हा, तापसी पन्नू तथा कीर्ति कुल्हरीसंगै देखिने छिन् ।

प्रतिक्रिया
सम्बन्धित