१ कार्तिक २०८३, आइतबार

भारतीय पूर्व क्रिकेट खेलाडी चन्द्रशेखरद्वारा आत्महत्या

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चेन्नई, ३१ साउन । भारतीय पूर्व प्रसिद्ध क्रिेकेट खेलाडी भीबी चन्द्रशेखरले ऋणको चिन्ताका कारण आत्महत्या गरेका आशङ्का गरिएको भारतीय प्रहरीले शुक्रबार बताएको छ ।

“सन्ताउन्न बर्षीय चन्द्रशेखरलाई उहाँको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृत अवस्थामा भेटेका प्रहरीलाई जानकारी दिइएको छ,” अनुसन्धानमा सम्लग्न प्रहरी अधिकारी सेन्थिल मुरूगानले बताउनुभयो ।

मोरूगनले एएफपीलाई बताउनुभयो, “हामीले घटनालाई अप्राकृतिक मृत्युका रूपमा दर्ता गरेका छौँ । हाम्रो प्रारम्भिक अनुसन्धानबाट भारतीय क्रिकेटका पूर्व खेलाडीले आर्थिक सङ्कटको समस्याका कारण मृत्यु रोज्दै आत्महत्या गरेको भन्ने बुझिएको छ । उहाँको शवको परीक्षणपछि थप विवरण आउनेछ ।”

सन् १९८० देखि दशकभर राष्ट्रिय क्रिकेटमा पहिलो रोजाइका व्याट्सम्यान चन्द्रशेखरले विभिन्न एक दिवसीय अन्तर्रा्ष्ट्रिय खेलमा सात पटक खेलेका उहाँको नेतृत्वमा तामिलनाडुले सन् १९८७ को रन्जी पदक जितेको थियो ।

भारतीय सुप्रसिद्ध क्रिकेट खेलाडी सचिन तेन्दुलकरले ट्वीटरमार्फत् शोक सन्देश व्यक्त गर्दै भन्नुभएको छ, “चन्द्रशेखरको मृत्युको खबरले मलाई स्तब्ध बनाएको छ । यस समय उहाँसँगको न्यानो स्मृतिलाई मैले सम्झिनुको विकल्प रहेन । मृतकको परिवारजनप्रति समवेदना प्रकट गर्दछु । ” –रासस