४ कार्तिक २०८३, बुधबार

साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गरिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० साउन । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गरिने भएको छ ।

सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिएका छन् ।

नेपालको इतिहासका साक्षी दीक्षितको निधनमा मन्त्री भट्टराईले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण पनि गरेका छन् ।

विसं १९७९ फागुन ६ गते जन्मिएका दीक्षितको ९७ वर्षको उमेरमा  आज बिहान निधन भएको हो । उनले माधवी कृतिका लागि विसं २०३९ मा मदन पुरस्कार प्राप्त गरेका थिए ।

सोही वर्ष माधवीले साझा पुरस्कार पनि पाएको थियो । वरिष्ठ आख्यानकार दीक्षितले २०६८ मा पद्यश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए।

पत्रकारितामा लामो समय बिताएका उनले २०१९ सालमा रुपरेखामा कथा प्रकाशित गरेर साहित्य यात्राको थालनी गरेका थिए । उनका माधवी उपन्याससँगै चरैवेति, त्यो युग, हाम्रा ती दिनसहितका निबन्ध संग्रह प्रकाशित छन् ।

मनदमणि दीक्षित शिक्षक पनि हुन् । उनले जीवनको सुरुवाति चरणमा अध्यापन गरेका थिए । उनले नेपाली साहित्यमा पुर्याएको योगदान र खिचेका ऐतिहासिक तस्बिरहरु सो कालखण्डका प्रमाण बनेर रहेका छन् ।

–वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

–साहित्यकार दीक्षितको निधनबाट प्रधानमन्त्री ओली मर्माहत