बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

दैनिक नेपाल २०७६ साउन ३० गते ८:४०

काठमाडौं, ३० साउन । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ ।

विसं १९७९ फागुन ६ गते जन्मिएका मनदमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको हो । उनले माधवी कृतिका लागि विसं २०३९ मा मदनपुरस्कार प्राप्त गरेका थिए ।

सोही वर्ष माधवीले साझा पुरस्कार पनि पाएको थियो । वरिष्ठ आख्यानकार दीक्षितले २०६८ मा पद्यश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए।

पत्रकारितामा लामो समय बिताएका उनले २०१९ सालमा रुपरेखामा कथा प्रकाशित गरेर साहित्य यात्राको थालनी गरेका थिए । उनका माधवी उपन्याससँगै चरैवेति, त्यो युग, हाम्रा ती दिनसहितका निबन्ध संग्रह प्रकाशित छन् ।

मनदमणि दीक्षित शिक्षक पनि हुन् । उनले जीवनको सुरुवाति चरणमा अध्यापन गरेका थिए । उनले नेपाली साहित्यमा पु¥याएको योगदान र खिचेका ऐतिहासिक तस्बिरहरु सो कालखण्डका प्रमाण बनेर रहेका छन् ।

उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । नेपाली वाङ्गमय क्षेत्रमा उनको योगदानको स्मरण सदा भइरहने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित